विराटनगर मोडुलर फर्निचर संचालनमा

<span class='c1'>विराटनगर मोडुलर</span> <span class='c2'>फर्निचर संचालनमा</span>

विराटनगरमा मोड्युलर फर्निचर हाउस खुलेको छ । आर्कषित र भरपर्दो टिकाउका रुपमा उपभोक्ताको रोजाईका लागी विराटनगरमा आधुनिक सैलीबाट निर्मित फर्निचर हाउस गत शुक्रबारबाट संचालनमा आएको हो ।

विराटनगर ५ स्थित धरान रोडमा रहेको स्लिक किचनको माथिल्लो तलामा मोडुलर फर्निचर हाउस संचालनमा आएको हो । स्लिक किचनकै संचालक समेत रहेका विराटनगरका युवा व्यावसायी आशिष अग्रवालले संचालनमा ल्याएको मोड्युलर फर्निचर हाउसले आधुनिक डिजाईर प्रविधिकमा उत्पादन गरिएका फर्निचरहरुको उद्घाटनसँगै बिक्रि सुरु भएको छ ।

पहिले मोड्युलर किचनको व्यापार गर्दै आएको र त्यसबाट सन्तुष्ट ग्राहकहरुको माग अनुसार नै मोड्युलर फर्निचरको समेत शोरुम सुरु गरिएको संचालक अग्रवालले बताउनु भयो । उहाँले घरायसी रुपमा प्रयोग हुने बेड, दराज,ड्रेसिङ्ग टेबल मात्र नभई कार्यालय प्रायोजनका लागि समेत वर्किङ्ग टेबल, सोफालगायतको बिक्रि सुरु गरिएको बताउनु भयो । साथै ग्राहकले आफ्नो आवश्यक्ता अनुरुपको सबै आकार, रंगहरुमा फर्निचर खरिद गर्न पाउने जानकारी दिनु भयो ।

अन्तराष्ट्रिय रुपमा प्रचलित डिजाईन अनुसारको घर र कार्यलयहरुमा आवश्यक पर्ने फर्निचरका सामाग्री उपलब्ध हुने गरी विराटनगरमा मोडुलर फर्निचर हाउस संचालनमा आएको हो । यस्ता फर्निचरहरुका भागहरु छुट्टा छुट्टै आउने गर्दछन् र सहजताका साथ ढुवानी गरि सजिलै जोडेर तयार पार्न सकिन्छ ।

फर्निचर हाउसमा घर र कार्यलयहरुमा आवश्यक पर्ने सबै किमिमका फर्निचरका सामाग्री उपलब्ध हुने मोडुलर फर्निचरका संचालक आशिष अग्रवालले जानकारी दिए । फर्निचर हाउसमा सबै किसिमको सामाग्री उपलब्ध हुने अग्रावालले बताए ।

यसअघि अग्रवालले आधुनिक शैलीको स्लीक किचन संचालनमा ल्याईसकेका छन् । आम उपभोत्ताको मागलाई मध्यनगर गर्दै घर र कार्यालयमा चाहीने सामाग्रीको पनि शोरुम ल्याएका छौं अग्रवालले भने, सबै सामाग्री एकै स्थानमा पाईने भएकाले उपभोत्तालाई झन्झट नहुनेमा विस्वास लिएका छौँ ।’ हामीले १५ बर्ष सम्म वारेन्टी सहित होम सर्भिसको समेत सेवा प्रदान गरेका छौ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्