स्पीड फोर्स मल्टिब्राण्ड टु विर्लस सर्भिस सेन्टर विराटनगरमा

स्पीड फोर्स मल्टिब्राण्ड टु विर्लस सर्भिस सेन्टर विराटनगरमा

विराटनगर । भारतको २२ राज्य अनि ४५ वटा शहरमा १३५ आउटलेटको भव्य सफलतापछि नेपालमा पहिलो पटक फ्रेन्चआईज मल्टिब्राण्ड टु विलर्स सर्भिस सेन्टर स्पीड फोर्स विराटनगरमा संचालनमा आएको छ ।


केशरीचन्द भवरलाल एण्ड कम्पनी प्रालिले विराटनगर ४ स्थित बरगाछीमा स्पीड फोर्स सर्भिसको आईतबारबाट औपचारीक रुपमा उद्घाटन गर्दै सेवा सुचारु गरेको हो ।
सेवाको भारतबाट आएका स्पीड फोर्स सर्भिसका निर्देशकद्धय निरव भट , दिपेन बराई र केशरीचन्द भवरलालका प्रवन्धक निर्देशक प्रसान्त तातेरले केक र रिर्वन काटेर सर्भिस सेन्टरको उद्धघाटन गरेका थिए । नेपालका लागी पहिलो पटक विराटनगरमा केशरीचन्द भवरलाल एण्ड कम्पनी प्रालिले स्पीड फोर्सको फ्रेन्चआईज सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
जुनसकै कम्पनीका दुई चक्के सवारी साधनको लागी स्पीड फोर्सबात सेवा प्रदान गर्नको लागी विराटनगरमा यो सेवा संचालनमा ल्याएको केशरीचन्द भवरलालका संचालक प्रसान्त तातेरले जानकारी दिए ।
विभिन्न मोटरसाइकलका कम्पनीहरुबाट अनुभवप्राप्त दक्ष प्राविधिक टोलीले अहिले स्पीड फोर्समा सेवा प्रदान गर्दै आएको छन् । भारतमा १३५ स्थानमा स्पीड फोर्सको आउटलेट पछि नेपालमा पनि पहिलो पटक यो सेवा प्रदान गरेको स्पीड फोर्सका निर्देशक निरव भटले जानकारी दिए ।
स्पीड फोर्समा सर्भिङ बाहेक मोटरसाईलका पार्टपुर्जा, ल्युव, ब्रेट्री पिकआप एण्ड ड्रप , ब्रेकडाउन, सवारी साधनको नया ईन्सोरेन्स तथा ईन्सोरेन्स नविकरण लगायतका सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्