विराटनगर । विराटनगर–१२ का ७५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गत बैशाख ४ गते अस्पताल भर्ना भएका पुरुषमा त्यहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो १ः५५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो ।