कोशीको कोभिड उपचार केन्द्रका चिकित्सक र नर्स आन्दोलित, न्यूनतम सेवा सुविधा नदिएको गुनासो

<span class='c1'>कोशीको कोभिड उपचार केन्द्रका चिकित्सक र नर्स</span> <span class='c2'>आन्दोलित, न्यूनतम सेवा सुविधा नदिएको गुनासो</span>

विराटनगर । कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सले न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रेका छन् । सामाजिक विकास मन्त्रालयले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्सले सोमबार काम छोडेर हिड्ने तयारी गरेपछि मन्त्रालयले थुम्थुम्याएर केहिदिन भित्रै माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि काममा फर्केका उनीहरुले आफ्नो माग चाँडो सम्बोधन गर्न भनेका हुन् ।

प्रदेश सरकार सामाजिक विकास मन्त्री उषाकला राईले रक्सीलाई ब्राण्डिङ्ग गर्न समय दिएपनि कोभिड संक्रमितको उपचारमा ध्यान नदिएको स्वास्थ्यकर्मीहरुको बुझाई छ । १८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन् । उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र पाँचजना डाक्टर कार्यरत छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले विषय गम्भीर रहेको बताउँदै उनीहरुका माग सम्बोधन गरिने बताउनु भएको थियो । गत भदौमा नियुक्त पाएका डाक्टर नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको छ । कोरोना सङ्क्रमण घटेपछि एक महिना विदा बसेका उनीहरुले पून नियुक्ति पाएपछि काममा फर्किएका थिए ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिडका लागि कोशी अस्पतालले प्राविधिक जनशक्ति सहयोग गर्दै आएको थियो । तर, त्यसरी खटिनेलाई प्रदेश सरकारले सेवा सुविधा दिनुपर्ने थियो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले तत्कालै काम छोड्छु भन्न नपाइने बताउँदै सरकारले दिनुपर्ने सेवा सुविधामा ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।
सेवा सुविधा दिनेभनेपछि काममा फर्किसकेका छन्, मेसु दासले बाँकी मागका विषयमा उनीहरुसँग कुराकानी गरेर निचोड निकाल्ने छौं । गर्दै नगर्ने भन्ने अवस्था आए विकल्प सोचेर नयाँ टिम खटाउने छौं तर दिनुपर्ने सुविधा नदिएर काम छोड्छु भन्ने अवस्था यस समयमा आउन दिन मिल्दैन । उहाँले निरन्तरताको माग समेत राखेकोले त्यस विषयमा थप छलफल गरिने बताउनुभयो । कस्तो निरन्तरता चाहेका हुन् भन्ने विषय यकिन भएको छैन, मेसु दासले भन्नुभयो–नीतिगत व्यवस्था विपरितका माग सम्बोधन गर्न चाँहि सकिदैन ।

कोभिडको पहिलो लहरमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले होटल इष्टर्नस्टारमा क्वारेन्टाइन बनाएको थियो । उनीहरुलाई उचित सुविधा र सम्मान समेत दिइएको थियो ।
दोस्रो लहर त्यो भन्दा जटिल भएपनि सामाजिक विकास मन्त्रालयले घरबाटै आउन भनेको छ । घर नभएकाहरुलाई भने उपचार केन्द्र नजिकै रहेको पुराने घर छुट्याइएको छ । जहाँ उनीहरु बस्न सक्ने अवस्था छैन । मन्त्रालयका सचिव कार्कीले कोशी अस्पतालको विषयमा सरकार गम्भीर भएर लागेको बताउनुभयो । उहाँले चिकित्सक र नर्सहरुले संकटमा साथ छोड्न नमिल्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्