विराटनगर । महानगरभित्र लाग्ने साप्ताहिक हाट बजार नगर प्रहरी र नेपाल प्रहरी लगाएर बन्द गराउन थालिएको छ । पछिल्लो समय कोरोना भाईरस संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको बेला विराटनगर महानगरपालीकाले हाट बजार बन्द गर्ने निर्णय गरेको हो ।
भारतमा दैनिक लाखौँको संख्यामा कोरोना संक्रमणको संख्या बृद्धी अनि त्यतिकै मात्रामा मृत्युको संख्या पनि बढ्न थालेपछि विराटनगर क्षेत्रमा पनि प्रत्यक्ष असर पर्ने भएका कारण साप्ताहिक हाटबजार बन्द गराउन थालिएको हो ।
यता तरकारी व्यापारीहरुले अचानक गरिएको निर्णयले भने आफुहरु समस्यामा परेको बताएका छन् । बन्द गराउनु थियो भने केही दिनदेखी आफुहरुलाई सुचना दिनुपर्ने उनीहरुको भनाई छ । गुद्री बजारबाट महङ्गो भाउमा किनेर ल्याएको हरियो तरकारी बेच्न नपाउदा आफुहरलाई घाटा हुने भोला खानले गुनासो गरे ।
यता विराटनगर महानगरपालीकाका नगर प्रहरी निरीक्षक राजन पौडेल भने, आफुहरुले सुचना प्रकाशित गरेर नै यो निर्णय गरेको बताए । ३ दिनदेखी गाडी र सिटी रिक्शामा माईकिङ्ग गराईरहेको पौडेलले जानकारी दिए । नेपालमा अधिकास तरकारी भारतबाट नै आउने भएका कारण यसबाट सचेत रहन पनि आवश्यक छ । यो माहामारीबाट आफुहरु पहिले सुरक्षित रह्यौ भने हाट बजार पुन लगाउन सकिने पौडेलको भनाई छ ।
हाट बजार अलवा विराटनगरका ठूलो सपिङ महल तथा स्टोरहरुमा स्वास्थ्य सामाग्री प्रयोग गरेर मात्रा व्यापार – व्यावसाय संचालन गर्न पौडेले अनुरोध गरेका छन् ।