केन्द्रीय स्तरमा भएका यातायात अनुगमन टोली अपर्याप्त

केन्द्रीय स्तरमा भएका  यातायात अनुगमन टोली अपर्याप्त

काठमाडौँ

केन्द्रीयस्तरबाट यातायातको अनुगमन यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागले गर्ने गरेकामा त्यस्तो अनुगमन भएको नदेखिएको यात्रुको भनाइ छ । यस्ता निकायले प्रत्येका दिन गर्ने अनुगमन र प्राप्त तथ्य आफ्ना वेबसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्था गरिनुपर्ने यात्रु सरिना विश्वकर्माको माग छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल भने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन भइरहेको दावी गर्नुहुन्छ । आज पनि कोटेश्वर क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा अनुगमन भइरहेको उहाँले सुनाउनुभयो । विभागले गर्ने अनुगमनमा ट्राफिक प्रहरी सहभागी हुने गरेको छ ।

विभागको अनुगमन टोली खटिने गरे पनि एउटै मात्र हुने भएकाले धेरैतिर गर्न कठिनाइ पर्ने गरेको छ । उपत्यकाका सबै स्थानीय तहका अनुगमन समितिलाई सक्रिय गराएर सार्वजनिक यातायातको अनुगमन गर्न पनि यात्रुले विभागको ध्यानाकर्षण गराउने गरेका छन् । विभागले अनुगमनका क्रममा सिट क्षमताभन्दा बढी यात्रुलाई झार्ने गरेको छ ।

अनुगमनका क्रममा अवस्था हेरी रु १०० देखि एक हजारसम्म जरिवानासमेत गर्ने गरिएको विभागले जनाएको छ । मास्क नलगाई सार्वजनिक यातायातमा यात्रा गर्नेलाई पनि रु १०० जरिवाना गरिएको सूचना अधिकारी भुसालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्