महामारीको बिचमा पनि बसपार्क वरपर अझै पनि बजार कायमै

महामारीको बिचमा पनि बसपार्क वरपर अझै पनि बजार कायमै

काठमाडौँ

राजधानीमा पुरानो बसपार्क वरपरका पैदलमार्ग बेलुकी व्यापारीले ढाकेका हुन्छन् । बेलुकीको बजार हेर्दा लाग्छ देशमा कुनै रोगको महामारी नै छैन । बेलुकी सवारी चढ्न पैदलमार्ग भएर जाने यात्रुले बाटो पाउँदैनन् । सुन्धाराबाट पुराना बसपार्क, रत्नपार्कको वरिपरि र राष्ट्रियसभा गृहबाट पुराना बसपार्कसम्मको दुवैतर्फका पैदलमार्ग व्यापारीले भरिभराउ हुन्छन् ।

यहाँ २५ जनाभन्दा बढी भेला हुन नपाउने मापदण्ड कार्यान्वयन हुन नसकेको सार्वजनिक यातायात चढ्न रत्नपार्क जाँदै गर्नुभएका टीकाथलीका यात्रु रामकृष्ण गुरागाइँले गुनासो गर्नुभयो । बस चढ्न पैदलमार्गमा हिँड्दै सङ्क्रमण फैलने डर भएको उहाँको भोगाइ छ ।

पुरानो बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी कोभिडसम्बन्धी विषयमा छलफल गर्न आज बोर्ड बैठक बस्न लागेकाले यस विषयमा कुरा राख्ने तयारी गरेको बताउनुहुन्छ । पैदलमार्ग व्यापारीका कारण पुरानो बसपार्क क्षेत्रमा दूरी कायम गर्न नसकिने अवस्था रहेको उहाँले स्वीकार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्