दिनानुदिन बढिरहेको छ कोरोना कहर ।।
बालक बृद्ध कसलाइ पो हुन्छ मर्ने रहर ।।
जनता आफैं सतर्क भै बस्नु पर्ने यो बेलामा ।।
हिडछन् अकाल्मै फाल्न ज्यान बोकेर जहर ।।
संघर्षको धरातलमा रुन हास्न सिक्नुपर्छ ।।
त्यही सिकाइमा अल्झेको छ जिन्दगिको प्रहर ।।
हराएका आशहरु संगालेर जिउन खोज्दा ।।
छरिएका खुशी समेट्ने छैनन कुनै आधर ।।
कति गाह्रो भयो होला बिगतका पल सम्झिदा ।।
धरोधर्म अन्त कतै लगा छैन मैले नजर ।।
साथ तिम्रो पाएपछी जस्तै दु:ख कष्टमा पनि ।।
सजिलै काट्छ बिवसले जिन्दगिको सफर ।।
- लोकेन्द्र रेग्मी 'विवस'
विराटनगर ३ कंचनबारी (हिमाली टोल पोखरिया )