विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका ९ का ३० वर्षीय राजु शाहको को १ त ८८८५ नम्बरको ट्याक्टर लिएर भाग्दै गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ट्याक्टर हराएको सूचना मंगलबार बिहान प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मधुमल्ला र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोलि परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार खोजतलास गर्ने क्रममा मंगलबार बिहान साढे ८ बजे मिक्लाजुङ ९ मावा पुलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरुले दमकतर्फ लाँदै गरेको अवस्थामा उक्त ट्याक्टर सहित पक्राउ गरिएको थियो । दुवैजना नाबालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जानकारी दिइएको छ ।