१५ वैशाख । विराटनगरस्थित नोबेल अस्पतालमा आज बुधबार राति २ जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ ।
मध्यरातको १२:४५ मा ५५ वर्षिय असगर अंसारी र बिहान ३:४५ मा महम्मद महम्मदको मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले पुष्टि गर्नुभयो ।
झापा गाउँपालिका वार्ड नं ८ बस्ने अंसारी वैशाख १३ गते भर्ना भएका थिए । उनलाई संक्रमणको साथै मधुमेहको समस्या भएको दाहालले बताए ।
यस्तै कटहरी वार्ड नम्बर २ बस्ने महम्मद वैशाख १२ गते भर्ना भएका थिए । उनलाई निमोनियाको संक्रमण भएको दाहालले जानकारी दिए ।