चौरहजारी नगरपालिकाको पीसीआर परीक्षण केन्द्र बन्द

चौरहजारी नगरपालिकाको पीसीआर परीक्षण केन्द्र  बन्द

रुकुम

कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर परीक्षण प्रयोगशालामा भने बन्द भएको छ ।

आवश्यक बजेट र जनशक्ति अभावको कारण प्रयोगशाला बन्द भएको चौरजहारी नगरपालिकाले जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादर केसीले परीक्षण सुरु गर्न पहल गरिरहेको जानकारी दिनुभयो । प्रदेश सरकारले मेसिन खरिदका लागि गरेको सहयोग बाहेक कसैले पनि सहयोग नगरेको निमित्त प्रमुख प्रशासकीय प्रमुख केसीले बताउनुभयो ।

चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँमा गएको वर्षको असार दोस्रो हप्ता वडा नम्बर २ मा रहेको जिल्ला आयुर्वेद कार्यालयमा पीसीआर परीक्षण प्रयोगशालामा स्थापना गरेको हो । मेसिन खरिदको लागि कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको थियो भने बाँकी रकम नगरपालिकाले लगानी गरेको थियो ।
-उज्यालो अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्