विराटनगर । मोरङ प्रहरीले विराटनगर –१६ दरैयाबाट प्रतिबन्धित नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रतिबन्धित भारतीय नोट (भारु)सहित भारत अररियाका २२ वर्षीय रुपेश ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार ठाकुर सोमबार साँझ ५ः३० बजेतिर बिआर ३८ टी ३४१० नम्बरको भारतीय मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए ।

शङ्का लागेर इलाका प्रहरी कार्यालय रानीको टोलीले नियन्त्रणमा लिएर जाँच गर्दा साथबाट प्रतिबन्धित भारतीयसहित नेपाली नोट पनि बरामद भएको हो । डिएसपी राईका अनुसार पक्राउ परेका ठाकुरको साथबाट पाँच सय रुपैयाँ दरका ७७ थान (भारु ३८ हजार पाँच सय) भारतीय नोट फेला परेको छ ।