विराटनगरमा २ र बुढिगंगामा १ कोरोना संक्रमितको मृत्यु

<span class='c1'>विराटनगरमा २ र बुढिगंगामा</span> <span class='c2'>१ कोरोना संक्रमितको मृत्यु</span>

विराटनगर । विराटनगरका दुई र बुढिगंगाको एक गरि ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बूढीगङ्गा स्थित विराट शिक्षण अस्पताल , विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोवेल मेडिकल अस्पतालमा कोरोना भाइरस सङ्क्रमित ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना वृद्धा महिला र अर्का २ जना पुरुष छन् । उपचारका लागि विराट पुर्याएको केही बेरमै कोरोना सङ्क्रमित एक जना वृद्धा महिलाको मृत्यु भयो । सुनसरीको इटहरी–४ की

६२ वर्षीया महिलाको बुधबार राति १०ः४० बजेतिर मृत्यु भएको विराट कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । त्यस्तै झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको बिहीबार बिहान ६ बजेतिर विराटनगर स्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भयो । कोरोना पुष्टि भएपछि गत वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

यता नोवेल अस्पतालमा पनि एक जना पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । सिरहा गोल बजार १२ का ४८ बर्षिय पुरुषको गएराती १२ बजेतिर मृत्यु भएको अस्पतालको प्रशासकिय अधिकृत नारायण दाहालले जानकारी दिए । मृतक पुरुष निमोनियाका विरामी रहेका थिए , उनी हिजो मात्र अस्पतालमा भर्ना भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्