मझुवागढी नगरपालिका दिक्तेलमा ३२ शैय्याको आइसोलेसन केन्द्र स्थापना

<span class='c1'>मझुवागढी नगरपालिका दिक्तेलमा ३२</span> <span class='c2'>शैय्याको आइसोलेसन केन्द्र स्थापना</span>

खोटाङ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३२ शैय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो ।

नगरपालिकाका प्रमुख दीपनारायण रिजालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा निर्माण गरिएको सो आइसोलेसन केन्द्रको उद्घाटन गर्दै केन्द्रमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिने बताउनुभयो । नगरपालिकाले नेपाली सेनाको सहयोग र सहकार्यमा निर्माण गरिएको सो केन्द्रमा २७ पुरुष र पाँच महिला गरी कूल ३२ सङ्क्रमितको उपचार गर्न सक्ने बताइएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको निर्णयानुसार नगरपालिकाले सो केन्द्रको स्थापन गरेको हो ।
केन्द्रले जिल्लाका दश स्थानीय तहमध्ये नगरपालिकालाई अक्सिजनसहित ३० शय्या र गाउँपालिकालाई २० शय्याको आइसोलेसन केन्द्र स्थापना गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्