लागूऔषध सहित मोरङबाट तिन जना पक्राउ

लागूऔषध सहित मोरङबाट तिन  जना पक्राउ

विराटनगर

बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् ।

धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चोकबाट नाईट्राभेट -१० ५४ क्याप्सुल, ट्रमाडोल - ९८ क्याप्सुल, स्पस्पैन - १४ क्याप्सुल र ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैयामा राईलाई लागूऔषध एभिल १० एम्पुल र डाईजाल्याब ९ एम्पुल सहित पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्