अछाममा दुई जना स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना पुष्टि

अछाममा दुई जना स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना  पुष्टि

अछाम

अछाममा दुई जना स्वास्थ्यकर्मीसहित थप २३ जनमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको बयालपाटा अस्पतालमा थप दुई जना स्वास्थ्यकर्मी र एक जना अन्य बिरामीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

यस्तै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना पाटेखेतमा एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले बताउनुभयो । उहाँका अनुसार पाटेखेतमा बुधवार २१ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गत सोमबार बान्नीगढी जयगढ गाउँपालिकामा वडा नम्बर ५ कालिकाको नन्दा माध्यमिक विद्यालयका २४ जना विद्यार्थीमा एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्