बिराटनगर । विराटनगरमा विभिन्न निकायले सुरु गरेको तपाँईको मास्क खोई ? सचेतना अभियानलाई पोखरिया कराँते डोजोले समेत सञ्चालन गरेको छ । अहिले बिश्वब्यापी रुपमा बढी रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतना फैलाउँदै पोखरिया डोजोले सर्वसाधारणसम्म पुगेर आग्रह गरेको हो ।
महामारीको समयमा नागरिकप्रति जिम्मेवारी बनेर अभियान सञ्चालन गरिएको डोजोका सिनियर खेलाडी भुवन कट्टेलले जानकारी दिए । अभियानलाई बिगत देखिनै प्रहरी, सामाजिक अभियन्ता र विभिन्न संघसस्था बाट निरन्तरता दिदै आइरहेको छ । उक्त अभियानको लागि आवस्यक मास्क युवा नेता मोहमद नसरुल र पोखरिया दोजोका कराते प्रशिक्षक बिनोद कुमार राउतले प्रदान गरेका थिए ।