प्रेम देवान
विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ । पछिल्ला केहिदिन यता दैनिक एकसय भन्दा बढी संख्याका नगरवासीमा संक्रमण पुष्टि भएको छ । उपचारका लागि भर्ना भएका संक्रमितमध्ये दैनिक एकजनाको मृत्यु भईरहेको छ ।
परिस्थिति निक्कै जटिल बन्दै गएका कारण स्थानीय प्रशासनले भोलि जिल्लास्थित कोभिड क्राईसिस म्यानेजमेन्टको बैठक राख्ने तयारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार संभवतः भोलि नै निषेधाज्ञाको निर्णय हुनेछ । अब परिस्थिति जटिल भएका कारण ‘चेन ब्रेक’ गर्नुपर्ने अवस्थामा हामी पुगिसकेका छौं, प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो–दैनिक एकसय भन्दा बढी संक्रमित महानगरमा मात्रै भेटिरहेका छन् ।
उहाँले सीमा क्षेत्रबाट हुने आउजाउलाई निक्कै कडाई गरिएको दावी गर्नुभयो । सीमा क्षेत्रबाट हुने वारपारको स्थितिलाई सबै बल प्रयोग गरेर नियन्त्रणमा लिइने उहाँले बताउनुभयो । स्थितिलाई सामान्य अवस्थामा फर्काउन सबै क्षेत्रको विशेष सहयोगको अपेक्षा स्थानीय प्रशासनले गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो–प्रत्येक पाइलामा हामी सचेत हुन जरुरी भईसक्यो ।
विशेषगरी भारतबाट लुकिछिपी आउने नागरिकहरुले गर्दा कोरोना संक्रमितको संख्या बृद्धी भएको जानकारहरु बताउँछन् । बालबालिका जोखिममा पर्ने भएपछि विराटनगर महानगरपालिका भित्रका विद्यालयहरु बन्द गरिएका छन् । आगामी बैसाख मसान्तसम्म कुनै पनि शैक्षिक गतिविधी नगर्ने सरकारको निर्णय महानगरपालिका भित्र कार्यन्वयनमा आईसकेको छ ।
नगर भित्रका ठूला सपिङ महल र तरकारी बजारको भीड भने उस्तै रहेको छ । उनीहरु कसैले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेको पाईदैन । न त मास्क नै लगाउको पाईन्छ, न त भौतिक दुरी नै कायम गरेको पाईन्छ । उता छिमेकी राष्ट्र भारतमा भने कोरोना भाईरको संक्रमण नियन्त्रण बाहिर पुगेको छ । भारतमा द्रत गतिमा फैलिएको माहामारी नेपालमा पनि सोही वेगमा सर्न सक्ने जनस्वास्थ्यविद् बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ साता आगाडी नै उपत्यका र तराई मधेशका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखेको थियो । त्यसमध्ये मोरङ जिल्ला पनि परेको छ । तर, यहाँका जनताले भने खासै स्वास्थ्य सावधानीमा ध्यान दिएको पाईदैन । गृह मन्त्रालयले जिल्ला प्रशासन, प्रहरी र सशस्त्रलाई कडाईका साथ माहामारी विरुद्ध थप सक्रियता लाग्न आदेश दिएको छ ।
नेपाल प्रहरीले बजारमा मास्क नलगाई हिड्नेहरुलाई अनिवार्य माक्स लगाउन आग्रह गरिरहेको छ । मोरङ जिल्लाका प्रहरीले विभिन्न स्थानमा मास्क नलगाई हिड्नेहरुलाई लगाउन आग्रह गर्ने गरेको छ ।
जनपथ प्रहरी र ट्राफिक प्रहरीले केहीदिन यता तपाईको मास्क खोई अभियान सञ्चालन गर्दै आएको छ । सुरुमा प्रचारात्मक अभियान गर्ने यसबाट पनिभएन भने दण्डात्मक हिसाबले नै अगाडी बढ्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले बताउनुभयो ।
व्यापार व्यावसाय गर्ने व्यापारीहरु स्वास्थ्य सुरक्षाका सावधानी अपानाएको नपाइए संक्रमण ऐन अन्र्तगत कारबारी तथा सजाए गरिने एसपी खड्काले बताउनुभयो ।
प्रदेश नम्बर एकको जिल्लाहरु मध्ये सबैभन्दा बढी मोरङ जिल्लामा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् । यो बेला प्रहरीको लागी भन्दा पनि स्वयम म र मेरा परिवारका लागी हो भन्ने सोच्नु आवाश्यक देखिन्छ । यो माहामारीबाट बच्नको लागी सरकारी कार्यालय होस या निजी स्तरका कार्यालय अनि सामाजिक संघ सस्थाहरुले एक आपसमा एक जुटभएर लाग्नु पर्ने प्रहरी प्रमुख सन्तोष खड्का बताउनुहुन्छ ।
कोराना भाइरसलाई निस्तेज पार्नको लागि स्वास्थ्य सावधानीका कुरा अपनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । स्वास्थ्य मापदण्डका कुरालाई हेलचेक्राई गरिए भयाभव अवस्था आउन सक्ने र भोलिलको दिनमा निषेधाज्ञा वा लकडाउन नै एउटा विकल्प रहने खड्काको भनाई छ । उहाँले जिल्लास्थित डिसिसिएमसीको बैठकले शुक्रबार गर्ने निर्णयका आधारमा प्रहरीले थप कडाई गर्ने जानकारी दिनुभयो ।
विराटनगरमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो रहेको विराटनगर महानगरपालीकाका प्रमुख मेयर भीम पराजुलीले बताउनुभयो ।
दोस्रो चरणको कोरोना भाइरस चाँडो फैलने र साना उमेर समुहलाई बढी जोखिम बनाउने भएका कारण यसबाट जोगिनको लागी सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्न मेयर पराजुलीले आग्रह गर्नुभयो ।
स्वास्थ्य विदका अनुसार ५ सय भन्दा बढी कोरोना संक्रमित बढ्यो भने लकडाउन गर्नुपर्ने भन्ने मापदण्डमा उल्लेख छ । तर, विराटनगरको हकमा भने ७ सय भन्दा बढीको संख्यामा केस आएको स्वयम मेयर भीम पराजुली बताउनुहुन्छ । अफठ्यारो परिस्थिति आउन सक्ने संभावना रहेकोले स्वास्थ्य विद्सँगको परामर्शमा लकडाउन वा निषेधाज्ञामा जानुपर्ने संभावना देखिएको उहाँको भनाई छ ।