तपाईको माक्स खोई ? अभियान हाटखोला

तपाईको माक्स खोई  ? अभियान  हाटखोला

विराटनगर

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक “तपाईको माक्स खोइ”? अभियानलाई जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र विराटनगर महानगरपालिका वडा नंः ७, र ८ ले निरन्तरता दिएको छ ।

कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि नगर क्षेत्र भित्रका विभन्न ठाउँमा मास्क वितरण गर्दै माक्स लगाउन सांकेतिक रुपमा सो अभियानले निरन्तरता दिएको छ ।

विराटनगर–७ स्थित हाटखोलामा जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङको अगुवाईमा, वडा कार्यालय लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक अभियानलाई निरन्तरता दिएको हो । कोरोनाको दोश्रो लहर बेला दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न र मास्क प्रयोग गर्न सवैमा चैतनाका लागि “तपाईको माक्स खोइ”? अभियान थालिएको जिल्ला ट्राफीक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले बताउनुभयो ।

कोरोना नियन्त्रणको अभियानमा सबै एक जुटभएर लाग्नु पर्नेमा उहाँहरुले जोड दिनुभयो। सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विराटनगर महागरमालिका वडा नंः७ का वडाअध्यक्ष मधुबाबु तिवारी र वडा नंः ८ का वडाअध्यक्ष निश्चल आचार्यले संयुक्त रुपमा आग्रह गर्नुभयो ।

सवैको सहयोगले मात्र कोरोना नियन्त्रण संभव रहेको उहाँहरुले बताउनुभयो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या दिनानुदिन बढन थालेको बेला स्वास्थ्य मापदण्ड पालना नभएपछि । सवैमा जनचेतनाका लागि सांकेतिक रुपमा अभियानको निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय मोरङका एस.पि. सन्तोष खाड्काले जनाउनुभयो ।

कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायमगर्न आवस्यक रहेको बताउनुभयो । यदि जनता आफै सचेत भएनन् भने कोरोनाले विकराल रुप लिन सक्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्