पाल्पामा एक सङ्क्रमितको मृत्यु , मृतक संख्या ४० पुग्यो

पाल्पामा एक  सङ्क्रमितको मृत्यु , मृतक संख्या ४० पुग्यो

पाल्पा

पाल्पामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका ६, हेक्लाङ्का की ६५ वर्षीया महिला रहेकी छिन् । कोरोना संक्रमित महिलाको उपचारको क्रममा घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । मिर्गौला सम्बन्धी समस्याबाट पीडित महिलाको उपचारको क्रममा घरमै बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्