कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन गर्ने

कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन गर्ने

बाँके

कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन गर्ने भएको छ । नगर क्षेत्रभित्र कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गर्न लागेको हो ।

आज पहिलो चरणमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गरिने कोहलपुर नगर स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन गेहेराज खनालले जानकारी दिए ।

सङ्कलन गरिएका स्वाब परीक्षणका लागि भेरी अस्पतालको ल्याबमा पठाउने तयारी गरिएको बताउँदै उनले आवश्यकता अनुसार कन्ट्याक्ट ट्रेसिङ बाहेकका अन्य नागरिकको समेत स्वाब सङ्कलन गरिने जानकारी दिए ।

कोहलपुर नगरपालिकाको नगर सभाहलमा आज बेलुका ५ः०० बजेबाट स्वाब सङ्कलन गरिने छ । हरेक दिन असहाय, न्यून आर्थिक अवस्था भएका र वैदेशिक रोजगारीबाट फर्किएर होम–क्वारेनटाइनमा बसेका ब्यक्तिहरुसहित ३० जनाको स्वाब सङ्कलन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्