बाइस जिल्लामा संक्रमण डरलाग्दो गरी फैलिएको छ: स्वास्थ्य मन्त्रालय

बाइस जिल्लामा संक्रमण डरलाग्दो गरी फैलिएको छ: स्वास्थ्य  मन्त्रालय

काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्लामा कोरोना भाइरस संक्रमण डरलाग्दो गरी फैलिएको बताएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डरलाग्दो गरी बढेको छ । ती जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने अवस्था समेत रहेको मन्त्रालयले जनाएको छ ।

सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गर्दै मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्ण रुपमा नगर्न र नगराउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्