प्रदेश प्रमुखद्वारा अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

प्रदेश प्रमुखद्वारा अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले १३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । श्रामिकहरुका अधिकारको रक्षा र अधिकार प्राप्तिका लागि तथा निरङ्कुश सामन्ति शासनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनमा श्रामजिवी वर्गले पु¥याएकोे योगदानको उच्च सम्मान व्यक्त गर्दै प्रदेश प्रमुख प्यासीले शुभकामना व्यक्त गर्नु भएको हो ।

उहाँले संघर्षका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गर्नु भएको छ । इतिहासमै पहिलो पटक पूरा विश्व कोरोना भाइरससँग लडिरहेको छ । आजका दिनमा सबैभन्दा बढी कोरोना र जीवनसँग कोही कठिन लडाँई लडिरहेको छ भने त्यो मजदुर हो, श्रमिक वर्ग हो, प्रदेश प्रमुखद्वारा शुभकामना सन्देशमा उल्लेख गरिएको छ । नेपालमा धेरै श्रमिक साँझ बिहान गाँस, बास र कपासको निमित्त मात्रै आफ्नो भरदिन श्रम खर्चिरहेको बताउँदै विषम परिस्थितिमा श्रमिकहरुको जीवन रक्षाका लागि सम्बन्धित सबै सरोकारवाला पक्षलाई ध्यानाकर्षण समेत गराउनु भएको छ ।

यो महामारी नियन्त्रणमा अहोरात्र शारीरिक तथा मानसिक तनावको प्रवाह नगरी महामारी विरुद्धको लडाँईको अग्रमोर्चा सम्हालिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उचित सुरक्षाको सुनिश्चितता र श्रमको उचित सम्मानजनक मुल्याङ्कन र महामारीलाई परास्त गर्ने उच्च मनोबलसहितको प्रेरणा, जोस र साहस प्राप्तहोस् भन्ने कामना प्रदेश प्रमुख प्यासीले व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्