विराटनगरको बि–स्योर ल्याबमा १५ सय रुपैयाँमै कोरोना परिक्षण

विराटनगरको बि–स्योर ल्याबमा १५ सय रुपैयाँमै कोरोना परिक्षण

विराटनगर क्षेत्रमा १५ सय रुपैयामा नै कोभिड १९ को पिसिआर परीक्षणको व्यवस्था बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले गरेको छ ।
पछिल्लो समय नयाँ भेरियन्टको कोरोना संक्रमण बढ्दै गइरहेकाले उक्त दरमै परिक्षण सेवा दिन थालेको बि–स्योर ल्याबका व्यवस्थापक शरद रेग्मीले जानकारी दिए ।

बि स्योर ल्याब विराटनगर–४ बरगाछीदेखि करिब पाँच सय मिटर उत्तर पुरानो अच्युत मिल छेउमा सञ्चालीत रहेको छ । नेपालका प्रतिष्ठीत उद्योगी तथा व्यवसायी महेश जाजु, देवेनरा ग्रुपका संञ्चालक प्रकाश मुन्दडा र रिजाल ग्रुपका अध्यक्ष नविन रिजालले संयुक्तरुपमा सञ्चालनमा ल्याएको उक्त ल्याबले सुरुवात देखि नै सस्तो दरमा कोभिड १९ परिक्षण गर्दै आएको छ ।
प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुले महामारीको समयमा संचालन गरेको भएकाले मुनाफा आर्जन गर्ने भन्दा पनि सेवाको भावनाले ल्याबको संचालन भईरहेको व्यवस्थापक रेग्मी बताउछन् ।

सरकारी मापदण्ड पुरा गरी गुणस्तरीय प्रविधिबाट परीक्षण गरिने भएकाले ल्याबका परीक्षण सबै तिर मान्य हुने गरि एकै दिनमा परीक्षण नतिजा आउने गरेको रेग्मीले जानकारी दिए ।
यस अघि गत माघमा पीसीआर परिक्षणमा सवैको पहुँच पुगोस र सहजरुले कोरोना परिक्षण हुन सकोस भनि बि-स्योरले रु एक हजारमै परिक्षण सेवा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्