कोरोनाको बढ्दो संक्रमण, एक हप्तामै एकहजार ६०० संक्रमित

कोरोनाको बढ्दो संक्रमण, एक हप्तामै एकहजार ६०० संक्रमित

विराटनगर । कोरोना भाईरसको दोस्रो भेरियन्टबाट पछिल्लो एक हप्तामा प्रदेश १ मा एक हजार ६०८ संक्रमित थपिएका छन् । ५ हजार ४ सय २ जनाको परीक्षण गर्दा एक हजार ६०८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

कोरोनाको दोश्रो लहरमा प्रदेश राजधानी समेत रहेको जिल्ला मोरङ बढी प्रभावित रहेको छ । त्यसपछि सुनसरी र झापा सबैभन्दा बढी प्रभावित छन् । मोरङमा शुक्रबारसम्म एक हजार १५२ , सुनसरीमा ३७७ र झापामा ३४४ संक्रमित छन् । प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ ।

संक्रमित संख्या दैनिक थपिएपनि प्रदेश १ मा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य संरचनाको उपलब्धता भने सन्तोषजनक नै देखिएको छ । संक्रमित पुष्टि भएर अक्सिजन दिनुपर्नेहरुलाई प्राथमिकतामा राखेर अस्पताल भर्ना गरिएका कारण धेरैसंख्या होम आईसोलेशनमै रहेका छन् ।
सरकारी स्तरका कोशी कोभिड १९ उपचार केन्द्र, सुनसरीको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको प्रादेशिक मेची अस्पतालमा संक्रमितलाई भर्ना गरिदैं आएको छ । त्यसैगरी निजी अस्पतालहरु नोबेल मेडिकल कलेज, झापाको बिएण्डसी अस्पताल, विराटनगरको न्यूरो अस्पताल र विराट मेडिकल कलेजले छुट्टै कोभिड युनिट संचालन गरी संक्रमितको उपचार गदै आएका छन् ।

प्रदेशमा संक्रमितका लागि ७६ बेड आईसियू, ४७ भेन्टिलेटर, अक्सिजन चाहिने संक्रमितलाई राखिने ३३ एचडीयू र जनरल गरी ३ सय ९५ शै्याको व्यवस्थापन रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।हालसम्म अस्पतालमा भर्ना भएका १६७ मध्ये ३६ जना आईसियूमा र ६ जना भेन्टिलेटरमा उपचारतः छन् । शुक्रबारको पछिल्लो तथ्यांकमा आईसीयूमा एक, भेन्टिलेटरमा ३ र अन्य बेडमा गरी ३६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । प्रदेशभर हाल १ हजार ९ ७४ जना होम आइसोलेसनमा छन् । संस्थागत, घर र अन्य खाले आइसोलेसनमा बस्नेको संख्या २ हजार १ सय ४१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्