लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजिनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजिनामा स्वीकृत

बुटबल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिनु भएको राजीनामा स्वीकृत भएकाे छ । आजै प्रदेश प्रमुख धर्मनाथ यादवले ले उहाँको राजिनामा स्विकृत गर्नुभएको र अर्को ब्यवस्था नभएसम्म मन्त्री परिषदको कार्यभार सञ्चालन गर्न जिम्मेबारी दिईएको प्रदेश प्रमुख कार्यलयका प्रबक्ता चिरञ्जिबी पौडेलले जनाउनु भएको छ ।

आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुख कार्यलय सचिबालयले जनाएको छ ।
संविधानको धारा १६८ को २ बमोजीम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजीम सरकार गठन गर्न मार्ग प्रसस्त गर्न भन्दै राजीनामा बुझाउनु भएको हो । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस,माओबादी केन्द्र लगायतका दलहरुले दर्ता गरेको अबिश्वास प्रस्तावबारे आजै प्रदेश सभामा छलफल शुरु हुंदै थियो । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । बैशाख ६ मा उनी विरुद्ध कांगैस माओवादी सहितका दलले अविश्वाशको प्रस्ताव ल्याएका थिए ।

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द संख्या पनि ४१ नै हो । मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निश्काशनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वाशको मत लिन ४१ मत आवश्यक पर्छ । जुन एमालेको थियो । तर, २ जना प्रदेश सभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरुको भुमिका के हुने थियो भन्ने कुरा एमालेभित्र संशय रहेको एमाले स्राेत जनाएको छ ।
अबको कार्यदिशा बारे छलफल गर्न संसदीय एमाले संसदीय दलको बैठक बुटवलमा सुरु भएको छ ।

-गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्