मुख्यमन्त्रीको राजिनामापछि प्रदेश सरकारद्वारा प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस

मुख्यमन्त्रीको राजिनामापछि प्रदेश सरकारद्वारा  प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस

बुटवल

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि आज बस्न लागेको विशेष अधिवेशन आवश्यक नरहेको भन्दै अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो

मुख्यमन्त्री शंकरपोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको बेला मुख्यमन्त्रीको राजीनामासँगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो।

- रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्