विराटनगरमा निषेधाज्ञाको पहिलो दिन (फोटो फिचर)

विराटनगरमा निषेधाज्ञाको पहिलो दिन (फोटो फिचर)

विराटनगर । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरबाट नागरिकको स्वास्थ्य सुरक्षाका लागि विराटनगरमा आज सातदिनका लागि लगाइएको निषेधाज्ञा कडाईपूर्वक कार्यन्वयर गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट निषेधज्ञामा कडाई गरिरहेको हो ।

निषेधाज्ञा पालना गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरी विराटनगरका विभिन्न स्थानमा परिचालन गरिएको छ । १० बजेपछि प्रहरीले अतिआश्यक बाहेकका कुनै पनि सवारीसाधन चल्न दिएको छैनन् । बजारका मुख्य चौकहरुमा शसस्त्र प्रहरी र जनथप प्रशरीले कडाईका साथमा चेकजाँच गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शनिबार १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञाको आदेश जारी गर्नु भएको थियो । कोरोना सङ्क्रमणबाट प्रभावित विराटनगर महानगरपालिका, बूढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाको वडा नम्बर १, २, ३, र ४ मा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्नबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्