महाकाली प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव

<span class='c1'>महाकाली प्रादेशिक अस्पतालमा</span> <span class='c2'>अक्सिजनको अभाव</span>

कञ्चनपुर

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी ९बोक्सर० ले अस्पतालमा कोरोना (कोभिड–१९) बिमारीहरूको चाप दिन प्रति दिन तीव्र गति बढ्दै गरेको अवस्थामा अक्सिजन ३५–४० सिलिन्डर खपत भइरहेकोमा अस्पताल सँग पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नभएको बताउनु भयो ।

अस्पतालमा रहेको अक्सिजन प्लान्टले दैनिक १५ सिलिन्डर उत्पादन गरे पनि उक्त मात्रा प्रयाप्त नहुने उहाँले जानकारी दिनुभयो । अस्पतालमा अक्सिजनको अभाव भएर नै अहिले बिरामीहरूलाई सेती प्रादेशिक अस्पताल तथा डडेलधुरासम्म रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

अध्यक्ष जोशीले व्यक्तिगत रुपमा भएपनि सबै बेल्डिङ पसल, व्यक्तिगत, सँगरसंस्थाहरू सँग खाली सिलेण्डर भए अस्पतालमा सम्पर्क गर्न आग्रह गर्नु भयो । उहाँले यस्तो बेलामा आफूले स्थानीय सरकार प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पनि आग्रह गरिरहेको बताउनुभयो । अहिलेसम्म कतैबाट सहयोग नभएको भन्दै उहाँले मानवताको हिसाबले पनि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्