भरुवा बन्दुक सहित एक जना पक्राउ

<span class='c1'>भरुवा बन्दुक सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् ।

जंगलमा शिकार खेल्न गएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले ३ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजि, टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर १ थान , केप १ थान, मोबाईल २ थान र १० मिटर तार सहित पक्राउ गरेको हो ।

उक्त घटनामा अन्य ४ जनाको समेत संग्लग्नता रहेको बुझिन आएको तथा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्