कोरोना भाईरसको संक्रमणदर बढेसँगै विराटनगर महानगरपालिकाले कोभिड १९ को पिसिआर परीक्षण सुरु गर्ने भएको छ ।
वैशाख २० गते सोमबारबाट विराटनगरका सबै वडावासीको पिसिआर परीक्षण गर्ने गरि महानगरले स्वाब संकलन केन्द्र तोकेको छ ।
प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतद्वारा हस्ताक्षरीत सुचना अनुसार ति स्वाब केन्द्रहरुमा संक्रमितहरुको सम्पर्कमा आई कोभिड १९ रोगको लक्षण तथा चिन्हहरु देखा परेका व्यक्तिहरुले पिसिआर परीक्षणका लागि स्वाब दिन सक्नेछन् ।
विराटनगरको ३ स्थानमा स्वाब संकलन केन्द्र बनाईएको छ। जस अनुसार वडा नम्बर १, २, ३, ४ र १९ का लागि वडा नम्बर १ को पुरानो दमकल कार्यालय त्यसै गरि वडा नम्बर ५, ६, ७, ८, ९ र १० का लागि वडा नम्बर ७ को आदर्श स्कुलको साईन्स बिल्डिगं साथै वडा नम्बर ११,१२,१३,१४,१५,१६,१७ र १८ का लागि वडा नं १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई स्वाब संकलन केन्द्र तोकिएको छ ।