स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइदा मुस्ताङका सरकारी कार्यालय बन्द हुन थाले

स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइदा मुस्ताङका सरकारी कार्यालय बन्द हुन थाले

मुस्ताङ

कोभिड–१९ को जोखिम बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द हुन थालेका छन् । कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सो जिल्लाका जलश्रोत तथा सिँचाइ सव डिभिजन र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय आजदेखि बन्द भएका हुन् ।

सिँचाइ सव डिभिजन कार्यालयमा कार्यरत दुई कर्मचारीमा केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको कार्यालयले जनाएका छन् । कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयको नियमित सेवा पनि मंगलबारदेखि बन्द गर्ने भएको छ ।

जोखिम कम गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनका सेवा बन्द गरेको बिषयमा जानकारी गराएको प्रशासनले कहिले सम्म बन्द रहने भन्ने बिषयमा भने जानकारी गराएको छैन् । आइतबार जिप्रकाले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्वारा जारी सूचनामा कोभिड—१९ को बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्थित कार्यालय र पसल लगायतका सार्वजनिक स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधरणमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्