दूधगङ्गा डेरी उद्योगमाथि कारवाही

दूधगङ्गा डेरी उद्योगमाथि कारवाही

सिरहा

बिनाअनुमति दूध डेरी सञ्चालन गरेको भन्दै सिरहाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वास्थित दूधगङ्गा डेरी उद्योगमाथि कारवाही अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरी दूध, दहीलगायतका सामग्री बजारमा बिक्री गरिरहेको पाइएपछि सञ्चालकमाथि कारवाही प्रक्रिया अघि बढाएको हो ।

अनुगमनका क्रममा खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरेको र खाद्यान्न गुणस्तरीयसमेत नदेखिएकाले कारवाही अघि बढाइएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले बताउनुभयो ।डेरी सञ्चालकलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताउनुभयो ।

यस्तै बजार अनुगमनकै क्रममा सिरहाको मिर्चैया नगरपालिकास्थित एक दर्जन किराना पसल तथा मिठाइ पसलबाट म्याद गुज्रिएको खाद्यान्न, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका सुरेश सिंहले जानकारी दिनुभयो ।

पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, स्यानिटाइजरलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो । पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिइएको उहाँले जानकारी दिनुभयो । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्