झापास्थित बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी

झापास्थित बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी

झापा

मेचीनगर नगरपालिका १५ मिलकोटी बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षती भएको छ । आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हाल सम्म मानबिय क्षती भने नभएको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्