विराटनगरमा २२६ जनासहित एकैदिन प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

विराटनगरमा २२६ जनासहित एकैदिन प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९७ महिला र १२९ पुरुष सहित २२६, सुन्दरहैचामा २०, जहदामा ७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरीमा ४, पथरीशनिश्चरे र बेलबारीमा ३–३, लेटाङ, रंगेली र सुनबर्षीमा २–२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको विर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११–११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बा¥हदशीमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ रहेका छन् ।

यता सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, शहिदभूमी र साघुरीगढीमा १, संखुवासभाको खाँदबारीमा ६, इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुम र भोजपुरमा १–१, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ । प्रदेश १ मा सोमबार एक हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्