निषेधाज्ञा उल्लघंन गर्ने तीन सय बढि सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा उल्लघंन गर्ने तीन सय बढि सवारी साधन नियन्त्रणमा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञाको उल्लघंन गर्ने ३ सय भन्दा बढी सवारी साधान मोरङ प्रहरी नियन्त्रणमा लिएको छ ।
कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी सरकारले अहिले मुलुकका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ ।
यसैविच यता मोरङ जिल्लामा निषेधाज्ञाको उलंघन गरि विभिन्न स्थानमा लुकिछिपी अवैध रूपमा मानिसहरू ओसारपसार गर्ने २ पाङ्ग्रे, ३ पाङ्ग्रे र ४ पाङ्ग्रे गरी जम्मा ३१२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता मान बहादुर राईले जानकारी दिनुभयो ।

प्रशासनको अनुमति नलिई चलाएका १५५ वटा मोटरसाईकल१०७ वटा सिटी सफारी, ३४ वटा अटो, ६ वटा ट्याक्टर, ३ वटा म्याजिक र माईक्रो १ नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
यता सिटी सफारी चालकहरुले भने नियन्त्रणमा लिएका सिटी सफारीको किस्ता तिर्न समस्या हुने भन्दै फाट्टफुटट चलाएको बेला प्रहरी नियन्त्रणमा लिएको बताएका छन् । आफुहरु यात्रुहरुलाई ओसार पसार भन्दा पनि घरायसी सामान खरिद गर्न जानेक्रममा प्रहरीले सिटी रिक्शा नियन्त्रणमा लिएको सिटी सवारी चालक करिम अंसारीले बताए । अंसारीले भने’, सिटी सफारीको बेट्री चार्ज नगरी राख्दा सिटी सफारी बिग्रीने हुन्छ ।’ आज एक दिनलाई छोडीदिए भोलीबाट कुदाउने थिएनौ ।’ यता नियन्त्रणमा लिएका सवारी साधनको होल्ड गर्ने या छाड्ने भन्ने विषयमा जिल्ला प्रशासनसँग कुरा भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्