नोबेलमा चारसहित छ जनाको कोरोना संक्रमणबाट मृत्यु

नोबेलमा चारसहित छ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा कोरोना संक्रमणबाट प्रदेश १ का विभिन्न अस्पतालमा ६ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चार जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र बिर्तामोडस्थित बिएण्डसीमा एकजनाको मृत्यु भएको हो ।

नोबेलका प्रवन्धक नारायण दाहालका अनुसार बैशाख १३ गते उपचारका लागि भर्ना गरिएकी इलाम नगरपालिका–४ निवासी २९ वर्षीया महिलाको आज बिहान ४ः१५ बजे मृत्यु भएको छ । यसैगरी बैशाख १७ गते भर्ना भएका सप्तरी हनुमाननगर कंकालिनी–२ का ३५ वर्षी पुरुषको आज बिहान ५ः४५ मिनेटमा मृत्यु भएको छ ।
बैशाख २० गते भर्ना धरान–८ सुनसरी विनासी ७७ वर्षीया महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवन्धक दाहालले जानकारी दिनुभयो । मृतक महिलामा दमको समस्या समेत थियो । यसैगरी विराटनगर–१४ का ६५ वर्षीय पुरुषको बिहानका लागि २ बजे मृत्यु भएको दाहालले जानकारी दिनुभयो । उनलाई समेत बैशाख २० गते भर्ना गरिएको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तकोशी–१ सप्तरीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १२ गते भर्ना गरिएका उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको वीपीका सहप्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो । उनको आज बिहान ५ः१५ बजे मृत्यु भएको हो ।
झापाको बिएण्डसी अस्पतालमा इलाम बजारका एकजना पुरुषको मृत्यु भएको छ । प्रजातन्त्र सेनानी कृष्ण भक्तराजको आज बिहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्