प्रदेश १ मा ६११ र विराटनगरमा १९३ जना नयाँ संक्रमित, परीक्षण गराएकामध्ये ४६ प्रतिशतमा पुष्टि

प्रदेश १ मा ६११ र विराटनगरमा १९३ जना नयाँ संक्रमित, परीक्षण गराएकामध्ये ४६ प्रतिशतमा पुष्टि

विराटनगर । प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् । । एक हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ९० महिला र १०३ पुरुषसहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा१–१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, विर्तामोडमा १४, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमलगाउँपालिकामा७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र स्थानीयतहनखुलेका १–१ छन् ।

सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४–४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१, उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीयतहनखुलेका १, इलामको सुर्योदय, माईजोगमाई, माई र इलामनगरपालिकामा १–१, ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १–१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ हजार ५५२ पुगेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्