जहदा आगलागी पिडितलाई लियोको खाद्यान्न सहयोग

जहदा आगलागी पिडितलाई लियोको खाद्यान्न  सहयोग

विराटनगर

आकृति रानी फुयल

जहदा गाउँपालिका वडा नम्बर १ स्थित उमेश मण्डलको घरमा तिन दिन अघि आगो लागेर घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। आठ जनाको परिवार भएको सो घरमा कुनै मानविय क्षति भने नभएको लियो जिल्ला परिषद ३२५ ए वान नेपालका सोसाइटी जोन चेयरपर्सन लियो मोजाइद इराकीले बताए।

तिन दिन अघि नै आगलागीबाट घर पूर्ण रुपले जलेर खरानी भएपछी पिडित परिवार यस्तो बिग्रदो मौसमका समयमा पालमुनि बसेको आफुहरुले थाह पाएपछि आज लियो क्लब अफ बिराटनगर रानी र फिड द निड नेपालको संयुक्त पहलमा समाजसेवी विनिता सिंहको अगुवाइमा पिडित परिवारलाई केहि खाद्यान्न सामाग्री सहयोग गरेको इराकीले जानकारी दिए।

साथै उनले सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिदैं आगामी दिनहरुमा पनि यस्ता किसिमका सहयोग गर्नुपर्ने अवस्था आए आफु कहिल्यै पछि नहट्ने कुराको प्रतिबद्दता जनाउंदै पिडित परिवारमा आजभोलि बिहे रहेछ जसका लागि उनीहरुले घरमा राखेको दुई लाख रुपैयाँ समेत जलेर राग भएको कुरा सुनाउंदै अरुसमक्ष पिडितलाई सहयोग गर्न अपिल समेत गरे |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्