विराटनगरका उद्योगी–व्यवसायीद्वारा संक्रमितलाई परामर्श दिन टेलिमेडिसिन सेवा

<span class='c1'>विराटनगरका उद्योगी–व्यवसायीद्वारा संक्रमितलाई परामर्श</span> <span class='c2'>दिन टेलिमेडिसिन सेवा</span>

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले होम आईसोलेशनमा बसेका कोरोना संक्रमितका लागि निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । क्यूरा हेल्थसंगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमा नै एकान्तवासमा रहेका बिरामीहरुलाई बिशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श उपलब्ध गराउने भएको हो ।

आम मानिसमा वर्तमान समयमा छाएको डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी संचालनमा ल्याईएको यस टेलिमेडिसिन सेवामार्फत सामान्य लक्ष्ँण भएका संक्रमितहरुलाई अस्पताल जानुपर्ने वाध्यता नपरोस भनि घरमै बसेर विशेषज्ञ चिकित्सकहरुको निशुल्क परामर्श सेवाप्राप्त गर्न सकिने भएको छ । साथै सामान्य लक्षणका संक्रमितबाट अस्पतालहरुमा हुने भिडलाई कम गर्दै अति सम्वेदनशिल विरामीहरुमात्र अस्पतालमा सहजस्वास्थ्य सेवाप्राप्त गर्न समेत सहयोग पुग्ने विश्वास लिईएको छ ।

यो सेवाप्रँप्त गर्न सर्वप्रथम (क्यूरा हेल्थ) को एप्लिकेशन डाउनलोड गर्नुपर्नेछ । एपमा देखाइए अनुसार कोभिड १९ आकस्मिक (कोभिड–१९ इमरजेन्सी) खण्डमा गई सूचिकृत भएका चिकित्सकहरुका साथ एपोन्टमेन्ट लिई उक्त सेवाप्राप्त गर्न सकिने छ ।
यो एपलाई यस लिंकमागई सोझै डाउनलोड गर्न सकिने छ .https://play.google.com/store/apps/details?id=com.curahealth

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्