धनुषामा आजबाट पुनः १० दिन निषेधाज्ञा थप

<span class='c1'>धनुषामा आजबाट पुनः १०</span> <span class='c2'>दिन निषेधाज्ञा थप</span>

धनुषा

धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ |प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराउनुभएको छ । कोरोनाको दोस्रो लहरमा गएको यही वैशाख २१ गते देखि बिहान वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञाको समय आज राति सकिन लागेपछि निषेधाज्ञाको समय थप गरिएको हो । पहिलो चरणको निषेधाज्ञा सकिनुअघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्