प्रदेश २ र ५ मा आज इदको सार्वजनिक विदा

<span class='c1'>प्रदेश २ र ५ </span> <span class='c2'>मा आज इदको सार्वजनिक विदा</span>

विराटनगर

प्रदेश २ मा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । मुसलमानको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिइएको हो । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको छ।

मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा प्रदेश नं. २ र ५ मा सोमबार सार्वजनिक बिदा दिइएको छ । दुवै प्रदेश सरकारले पर्वका अवसरमा सोमबार बिदा दिने निर्णय गरेको हो । यो दुवै प्रदेशमा मुस्लिम समुदायको बाहुल्यता रहेकाले प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएकाे हाे । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले इदको शुभकामना दिनुका साथै यो पर्वले भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गर्नुभएको छ ।

यस्तै प्रदेश ५ सरकारले बकर इदको बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्