विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा चिकित्सकमाथि आक्रमण

<span class='c1'>विराट शिक्षण अस्पतालको आकस्मिक</span> <span class='c2'>कक्षमा चिकित्सकमाथि आक्रमण</span>

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष भित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बिरामी लिएर आएका सेवाग्राहीलाई अस्पतालका गार्डले दुव्र्यवहार गरेको विषयले उग्ररुप लिँदा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा समूहले आक्रमण गरेको हो ।

सोमबार राती अस्पतालमा भएको घटनामा संलग्नमध्येका दुईजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । विराट मेडिकलको आकस्मिक कक्षमा छिरेर चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि एउटा समूहले आक्रमण गरेको थियो ।

मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काले आकस्मिक कक्षमा हानाहान हुँदा तीनजना घाइते भएको बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने छ, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–अस्पताल प्रशासनसँग सिसी टिभी फुटेज मगाएका छौं, त्यसका आधारमा अनुसन्धान गर्नेछौं ।
बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते दुई जनाको उपचारमा संलग्न रहिरहेको समयमा डाक्टर रेग्मी र स्वास्थ्यकर्मी बस्नेतमाथि आक्रमण भएको थियो । आक्रमण गर्र्नेमध्ये निश्चल र अनिश श्रेष्ठलाई प्रहरी पक्राउ गरेको छ । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रहरीका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिश श्रेष्ठसहितका चार÷पाँच जनाको सङ्ख्यामा रहेको समूहले घटना गराएको थियो । उनीहरुको समूहका समेत एकजना घाइते छन् ।
घटना हुनुभन्दा केही बेरअघि मात्रै बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि परिवारका सदस्य र आफन्तले अस्पताल ल्याएका थिए । उनको उपचार चाँडो हुनुपर्ने माग आफन्तले गरेका थिए । त्यहि क्रममा सुरक्षा गार्डले उनीहरुमाथि हातपात गरेका थिए भने अस्पताल भित्रका स्वास्थ्यकर्मीले समेत रुखो व्यहवार देखाएको उनीहरुको दावी छ ।

तर, त्यसबेला चिकित्सकहरुले दुर्घटनाका घाइतेको उपचारमा व्यस्त थिए । प्रहरीका अनुसार प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले साँझ ७ः४५ बजेतिर ५० वर्षीय बालकुमार बस्नेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । गम्भीर अवस्थाका बस्नेतको उपचार अस्पतालको आकस्मिक कक्षमा भइरहेको थियो । दुर्घटनामा अर्का व्यक्ति मोटरसाइकल चालक समेत घाइते भएर त्यहि उपचार भईरहेको थियो ।

उता मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई स्वास्थ्य थप बिग्रिएको भन्दै उपचारका लागि ल्याइएको थियो । उपचार चाँडो गर्नुपर्ने माग गरिरहेका बेला अस्पतालका सुरक्षा गार्डसँग विवाद भएको थियो । पछि उनीहरुको समूह आकस्मिक कक्षमा छिरेर चिकित्सकमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । घटनाको विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने देखिन्छ, प्रवक्ता राईले भन्नुभयो–हामीले सकेसम्म यस्ता घटना हुनसक्ने संभावित दुवै पक्षको अवस्थालाई अनुसन्धान गर्नुपर्ने छ ।
विराट मेडिकलका सुनिल देवले कुरै नबुझि आकस्मिक कक्षमा प्रवेश गरेर ५–६ जनाको समूहले आक्रमण गर्दा अन्य बिरामीको उपचार समेत प्रभावित भएको बताउनुभयो । उहाँले चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्