ज्यान बाजी थापी सामाजिक कार्यमा सक्रिय ‘हाम्रो अभियान’ लाई युकेदेखी आयो आर्थिक सहयोग

ज्यान बाजी थापी सामाजिक कार्यमा सक्रिय  ‘हाम्रो अभियान’ लाई युकेदेखी आयो आर्थिक  सहयोग

विराटनगर

आकृति रानी फुयल

गतवर्षको लकडाउन देखि विराटनगरमा सामाजिक कार्यमा सक्रिय रहेको 'हाम्रो अभियान'को टिमलाई बेलायतमा बस्दै आएकी एकजना नेपालि चेलीले सहयोग गरेकी छन् । परिवारसहित बेलायत बस्दै आएकी प्रीति गुरुङले परिवार र उनका साथिहरुसँग मिलेर टिमलाई १ लाख ४ हजार १०५ रुपैयाँ सहयोग गरेकी हुन् । उनको नेपालको पुरानो घर पोखरा भएपनी हाल गुरुङ परिवार सहित बेलायतमै बस्दै आएकी छन् ।

सामाजिक संजाल मार्फत हाम्रो टिमले महामारिका समयमा घरबारविहीन नेपालि दाजुभाई दिदीबहिनी हरुलाई गरेको सहयोगका गतिविधिहरु नियाल्दै आएकी थिइन्। उनले बिराटनगरका सामाजिक युवा अभियन्ता साजिद आलमको पहलमा अभियानलाई सहयोग रकम प्रदान गरेकी अभियानका 'कान्छा अभियन्ता ' क्रिशल आले मगरले बताए।

उनले सडकपेटीमा बस्ने नेपालिहरुले रोगले भन्दा भोकले ज्यान गुमाउन नपरोस भनि भोकले छटपटीएर ज्यान गुमाइरहेको देखेर आफुहरुलाई सहयोग गरेको मगर भन्छन्। आफ्नो समूह कुनै दर्ता भएको संस्था होइन तर गत एक वर्षदेखि फैलिएको महामारी कोभिड-१९ को समयमा बिहान बेलुकी सडकपेटीमा बसेर दिनभर ज्याला मजदुरी गरि आफ्नो गुजारा चलाउने व्यक्तिहरु जो अहिले भोकभोकै बस्न बाध्य छन् उनीहरुलाई बिभिन्न सहयोगी हातहरुको सहयोगले आफुहरु नि: शुल्क खाना खुवाउने अभियानमा लागिपरेको उनले बताए।

कुन समयमा कतिपटक खाना वितरण गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा मगर भन्छन् ,' हामि गत एक वर्षदेखि यो अभियानमा लागि परेका छौं जसमा हामीले बिहान १० बजेदेखि र बेलुकी ७ बजेदेखि गरि दुई छाक खाना खुवाइरहेका छौं'।

आफ्नो अभियानको अभिभावकका रुपमा सामाजिक अभियन्ता एवं युवा नेता वासिम आलम रहेको बताउदै उनले बिराटनगर स्थित श्री कृष्ण पार्टी प्यालेसले खाना बनाउने स्थान र भाडाकुडा आफुहरुलाई सहयोग गरेकोले उनले हृदयादेखी धन्यवाद दिन चाहन्छु भने। साथै उनले सम्पूर्ण सहयोगी हातहरु जसले यो अभियानमा एक केजी आलु देखि लिएर एक लाख सम्म सहहयोग गर्नु भयो सबैजनालाई धन्यवाद दिन चाहन्छु।

निषेधाज्ञाले गर्दा सडक पेटिमा बस्ने असहाय र दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरु भोकभोकै बस्नु नपरोस् भनि उक्त रकम 'हाम्रो अभियान'को टिमलाई सहयोग रकम उपलब्ध गराएकि छिन्। उनले हाम्रो अभियानको टिमले बिगत लामो समयदेखि गरिब, असहाय र विपन्न वर्गहरुका लागि सहयोग गर्दै आईरहेकाले उक्त रकम उपलब्ध गराएको बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्