रंगेली नगरपालिका बजार क्षेत्रका ४ वटा वडा पूर्ण सिल

रंगेली नगरपालिका बजार क्षेत्रका ४ वटा वडा पूर्ण सिल

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिकामा कोेरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले ४ वडा सिल गरेको छ । कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।
सिल गरिएका वडामा औषधी र दुध बाहेकका कुनैपनि व्यवसाय सञ्चालन हुनेछैनन् । बैठकले जेष्ठ ३ गते देखि ११ गतेसम्म रंगेलीका ९ वटै वडामा स्वास्थ्य सेवा र दुध विक्री वितरण बाहेक अन्य सबै बन्द गरेको छ ।

कोरोना संक्रमण देखिएको वडा नं. ४, ५, ६ र ७ मा पूर्ण रुपमा वडा सिल गरिएको हो । बैठकले पूर्व भेडुवा थान, पश्चिम चेका पुल, उत्तरमा बक्राह खोला र दक्षिणमा भारतिय सिमा क्षेत्रलाई पूर्ण निषेधित गरेको छ । अहिले रंगेली बजार क्षेत्रमा प्रवेश गर्ने सबै नाकामा प्रहरीको बाक्लो उपस्थिति समेत रहेको छ । रंगेली नगरपालिका बडा नम्बर ५ का एक पुरुषको पनि कोरोना संक्रमण बाट मृत्युु भएको छ ।

कोरोनाको दोस्रो लहरमा रंगेलीमा अहिलेसम्म दुई जनाको मृत्यु भएको हो । रंगेली नपा ५ बस्ने वर्ष ४७ का पुरुषको मृत्युु भएको छ । बैशाख २५ गते कोरोना पोजेटिभ देखा परेपछि उनलाई बिराट मेडिकल कलेजमा उपचार भई रहेको थियोे । उनको उपचारका क्रममा मृत्यु भएको हो । रंगेली ७ का ५० बर्षको एक पुरुषको पनि कोरोना बाट मृत्युु भएको थियोे । यो संगै रंगेली मा २ जनाको मृत्युु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्