शिव मन्दिर युवा समूह बिराटनगरद्वारा कोशी र नोबेलमा नि: शुल्क खाना खुवाउदै

शिव मन्दिर युवा समूह बिराटनगरद्वारा कोशी र नोबेलमा नि: शुल्क खाना खुवाउदै

विराटनगर

आकृति रानी फुयल

विश्वव्यापी महामारी कोभिड -१९ को समयमा शिव मन्दिर युवा समूह बिराटनगरले बिराटनगरका अस्पतालहरुमा नि: शुल्क खाना ,पानि ,मास्क,सेनिटाईजर लगायतका सामग्रीहरु वितरण सुरु गरेको छ।

आवर बिराटनगर संग कुरा गर्दै समूहका अभियन्ता नबिन बिक्रम शाह भन्छन् ,' हाम्रो समुह कतै दर्ता भएको छैन हामीले महामारीमा रोगले मान्छे मरेपनि भोकले मर्नुनपरोस भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेका हौँ '। यसपाली आफ्नो समुह पनि छोट्याएर सानो पारेको उनले बताए। जसमा नबिन नेवटिया, योगेश अग्रवाल ,उदय यादव ,राममाया थापा, लक्ष्मी केसी,पार्वती कामत साथै नबिनका आफ्नै भाई रबिन बिक्रम शाह लगायतका व्यक्तिहरु यस अभियानमा रहेको उनले जानकारी दिए।

गत वर्ष भने संक्रमण यति धेरै फैलिएको थिएन त्यसैले हामि धेरै जना भएर खाना बनाउथ्यौ र दिनमा सात देखि आठ सय जनालाई खाना खुवाउथ्यौ तर यसपालिको नयाँ भेरियनटसहितको कोरोना भएकाले हामि १०-१२ जनाको सानो टोलि बनाएर कोशी अञ्चल अस्पताल र नोबेल अस्पताल गरि दुई सिमित स्थानमा बिहान एकचोटी खाना वितरण गर्छौं।

त्यससाथै यदि कतै कसैको घरमा संक्रमण भेटिए या कसैको संक्रमणबाट मृत्यु भएको सुचना थाह पायौं भने हामि त्यस घर र आसपासका क्षेत्रमा सेनीटाईजेसन गर्ने गर्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्