विराटनगर । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दी भएका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश प्रहरी कार्यालय रानी विराटनगर एक महिन अवधीभर उत्कृष्ट काम गर्ने प्रहरीको रुपमा विश्वकर्मालाई सर्वोकृष्ट घोषित गरेको हो ।
व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याए वापत विश्वकर्मालाई उत्कृष्ट घोषित गरिएको जनाइएको छ ।
उनले विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।