इटहरीको सुनौलो टोलमा फैलियो कोरोना

इटहरीको सुनौलो टोलमा फैलियो कोरोना

इटहरी । इटहरी उपमहानगरपालिका–३ काृ एउटा टोलमा बसोबास गर्ने नागरिक बिरामी भएपछि गरिएको परीक्षणमा अधिकांशलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको हो ।

टोलमा अधिकांश नागरिक बिरामी परेपछि इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमसहितको स्वास्थ्यकर्मीको टोलिले स्थानीयको एन्टिजेन परीक्षण गरेका थिए । परीक्षणमा नौजनामध्ये सातजनालाई पोजेटिभ देखिएको थियो ।
समुदायमा गएर ९ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि टोलनै सिल गरिएको उपमेयर गौतमले जानकारी दिनुभयो । सिल गरिएको सुनौलो टोलका सबैको परीक्षण गरिने बताइएको छ । अहिले सात घरका २५ जनालाई समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्