रबिन्द्र बराल
विराटनगर । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
नहरको बीच भागमा बुधबार घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव भेटिएको थियो । यादवको घर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा छ ।
शव नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले हत्यामा परिवारकै संलग्नताको आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धाका लागि मृतकका श्रीमान्, सासु, ससुरा र देवरलाई पक्राउ गरेको छ । प्रहरीले १९वर्र्षीय देवर बिनोद यादव, ५० वर्षीया सासु बिजुली यादव, श्रीमान् बेचन यादव र ससुरा रामु यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।