विराटनगरका उद्योगी राउतद्वारा ५० हजार मास्क र ९५ लिटर सेनिटाइजर वितरण

विराटनगरका उद्योगी राउतद्वारा ५० हजार मास्क र ९५ लिटर सेनिटाइजर वितरण

विराटनगर । विराटनगरका उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा १ नंं प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले २९ वटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघसहितका संघसंस्थालाई ५० हजार मास्क र ९५ लिटर सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गर्नु भएको छ । राउतले जिल्ला–नगर उद्योग वाणिज्य संघलाई ४७ हजार ५०० थान मास्क र ९५ लिटर सेनिटाइजर तथा नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र मोरङ शाखालाई तीन हजार थान मास्क वितरण गर्नु भएको हो ।

उद्योगी राउतको आफ्नै निजी खर्चमा भोजपुर उद्योग वाणिज्य संघलाई २ हजार ५ सय थान मास्क र ५ लिटर सेनिटाइजर उपलब्ध गराउनु भएको छ । यसैगरी लेटाङ, संखुुवासभा, त्रियुगा, उदयपुर, दमक, उर्लाबारी, तेह्रथुम, खोटाङ, सुनसरी, धनकुटा, ओखलढुंगा, पाँचथर, इलाम, इनरुवा, विर्तामोड र ताप्लेजुङ उद्योग वाणिज्य महासंघलाई दुई हजार थानका दरले मास्क र ५ लिटरका दरले सेनिटाइजर उपलब्ध गराएको उद्योग वाणिज्य प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिनुभयो ।

बाँकी जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई एक हजार थान मास्क वितरण गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि विराटनगर महानगरपालिकालाई पीसीआर मेसिन खरिदका लागि ७ लाख र कोभिड १९ अस्पतालमा समेत आर्थिक सहयोग पहिलो लहरको बेला उपलब्ध गराउनु भएको थियो । प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा सबैभन्दा पहिला ११ लाख रुपैयाँ प्रदान गरेर सरकार र निजी क्षेत्रको सहकार्यको प्रतिनिधित्व जनाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्